उपेन्द्र र बाबुरामको सम्बन्ध चिसिएको समयमा जसपाको बैठक बस्दै
नेपालखोज
२०७८ फागुन १७ गते १२:१७

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ । संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक समेत बस्ने भएको हो ।
फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसद्बाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको सम्बन्ध चिसिएको छ । उनीहरुको सम्बन्ध सुधारका निम्ति पनि बैठकले भूमिका खेल्ने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया