आइतबार, वैशाख २८, २०८२

इन्डोर कर्पोरेट लिग क्रिकेटको टाइसिट सार्वजनिक

नेपालखोज २०७८ फागुन १७ गते १७:२७

काठमाडाैं । इन्डोर कर्पोरेट लिग (आइसीएल)को टाइसिट सार्वजनिक भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु हुने आइसिएलको सोमबार टाइसिट सार्वजनिक भएको हो ।

आठ बैंकसहित १६ वटा टोली सहभागी हुने प्रतियोगिता लिग कम नकआउट पद्दतिमा खेलाइने टेक्निकल डाइरेक्टर रवीन्द्र गुुप्ताले जानकारी दिए । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरेर पहिलो चरणपछि विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । यस्तै, कर्पोरेट हाउसले बनाएको टोली वा खेलाडीको विषयमा प्रोटेस्ट गर्न चाहे १० हजार रूपैयाँ शुल्क लाग्ने र सावित भए त्यो फिर्ता हुने गुप्ताले बताए ।

कसैको दाबी विरोध सावित भए सम्बन्धित टोली प्रतियोगिताबाट स्वतः बाहिरिने उनले बताए । प्रतियोगिता सुरु हुनअघि नै १० जना खेलाडीको नामावली सम्बन्धित कर्पोरेट हाउसको लेटर प्याडमा बुझाउनु पर्ने आयोजकले बताएको छ । प्रतियोगितामा ८ जनाको टोली हुने र इन्डोर क्रिकेटको नियमअनुसार खेलाइने आयोजकले बताएको छ ।

प्रतियोगितामा समूह ए बाट खल्ती, एनएमबी बैंक, सनराईज बैंक, नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेटमेन्ट प्रा.लि सहभागी हुने छन् । त्यसैगरी समूह बी बाट माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, नेपाल टेलिकम, नेपाल टुरिजम बोर्डको सहभागिता रहने छ । नेपाल एसबीआई बैंक, क्लाउड फ्क्याट्री, कामना सेवा विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स समूह सी बाट सहभागी हुनेछन् भने समूह डी मा एनआईसी एसिया बैंक, सुर्य नेपाल, सुबिसु, मेघा बैंक सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता र उप–विजेताले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया