मंगलबार, वैशाख २५, २०८१

सम्झनामा लता

नेपालखोज २०७८ फागुन २२ गते १२:५१

काठमाडौ । डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा नेपाली सांगीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थितिबीच लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।

कार्यक्रममा लता मंगेशकरको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली सांगीतिक क्षेत्रकी सदाबहार गायिका मनिला सोताङले प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । त्यस्तै विशिष्ट अतिथि बबिता मानन्धर थिइन् । दुवै गायिकाले उक्त कार्यक्रममा लता मंगेशकरप्रति समर्पित रही सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मंगेशकर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाका रूपमा स्थापित रहेको उल्लेख गरे । उनले लताप्रति समर्पित रहि सांगीतिक प्रस्तुति दिए । त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता मंगेशकर स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताइन् । उनले लता मंगेशकरलाई एक सांगीतिक विश्वविद्यालयको रूपमा समेत चर्चा गरिन् ।

सोही अवसरमा प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रदर्शन गरे । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अंग्रेजी शिक्षिका शशिल्ता राईले लता मंगेशकरद्वारा गाइएको युगल गीत प्रस्तुत गरे । डीएभी विद्यालयकै कक्षा ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका लता र गायक रामकृष्ण ढकालद्वारा गाइएको गीत बाचुन्जेलीलाई प्रस्तुत गरे ।

प्रतिक्रिया