चितुवाको बच्चा मृतावस्थामा भेटियो

नेपालखोज २०७८ फागुन २४ गते ७:१०

वालिङ । स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटिएको छ । वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ । मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको उनले बताए ।

मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ । घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए । रासस

प्रतिक्रिया