आइतबार, वैशाख २३, २०८१

पल शारीरिक र पूजा सामाजिक बलात्कारी हो

नेपालखोज २०७८ फागुन २४ गते १२:४५

पूजा शर्माको रेडिमेड जवाफ बजारमा आएपछी उनले बुझेको बलात्कार र उनको अभिव्यक्तिलाई लिएर समाजले खिल्ली उडाउन लागेको छ । पूजाले फ़िल्मी स्टाईलको परिभाषा दिँदै यस्तो पो हो बलात्कार ? भनेर सार्वजनिक अभिब्यक्ति दिएपछी उनका प्रशंसकहरू पनि टाउकोमा हात राखेर अहिले भन्न थालेका छन- ‘कस्ती हिरोइनको फ्यान भइएछ ? कस्ती हिरोइनको गुनगान र प्रशंसा गर्न तिर लागिएछ ?‘
राजन घिमिरे

बलात्कारको अभियोग लागेका ब्यक्तिको प्रशंसा गर्दै बलात्कारलाई प्रोत्साहन गर्ने र पीडित बालिकाको मनोबल घटाउने यी महिला वास्तविक खलनायिका हुन , यस्ता मान्छेले फिल्म इन्द्रस्टिमा बसेर के सन्देश दिन्छन ? यीनको फिल्म बहिस्कार गर्नु पर्छ ।
सरिता पौडेल

अबको संविधान निर्माणमा नायिका ज्यूलाई मस्यौदा समितिमा राख्नुपर्छ ।
सुशील पौडेल

पल शारीरिक र पूजा सामाजिक बलात्कारी हो। पलको अभियोग कानुनत प्रमाणीकरण होला वा न होला तर पूजाको सामाजिक रूपमा भैसकेको छ।
नृपेश उप्रेती

पल शाह राम्रो नाच्छन्, ह्यान्डसम छन्, म्युजिक भिडियोका सुपरस्टार हुन्, उनका धेरै लडकीहरु नै फ्यान छन्, सेलीब्रिटी हुन्, नाम र दाम कमाएका छन्, यूटयूबे र दारुमै बिक्ने फिल्मी पत्रकारलाई प्रभावमा पार्न सक्लान्, फिल्मी पत्रकारितामा दाम र दारुको वहार छरिदिन सक्लान्, हिजो पललाई भजाउनेहरुले यही मौकामा झन बढी नुनको सोझो गर्लान्, स्टन्टबाज मिडियाका खेतालाहरुले मिनेटै पिच्छे सामाग्री दिइरहलान्, पललाई सुनपानी हैन, हिरा पानीले नै नुहाएर परिशुद्ध सावित गर्न खोज्लान् । पलको फेमले दर्शकलाई रुवाउन सक्ला, उनको पक्षमा जुलस नै निस्किएला ।
तैपनि कुनै नाबालिगमाथि गरिएको जर्बजस्ती करणी साबित भएमा कानूनले यी र यस्ता यावत हौवा र फेमको आडमा गरिएका सहानुभूतिजन्य प्रचारलाई वास्ता गर्दैन । कानूनका दृष्टिमा राजादेखि रंकसम्म बराबर । अतः नुनको सोझो गरेर पललाई चोख्याउन उद्यत उपबुज्रुक हो, समाज सचेत भइसकेको छ, जति त्यस्तो गर्छौ, उती तिम्रा नायकको नियतमाति शंका पैदा हुँदै जान्छ । अतः कानूनलाई काम गर्न देउ, आफै न्यायाधिश नबन् । यो चेलीको इज्जत र अस्मीताको प्रश्न हो, यसलाई फिल्मी ड्रामा नबनाउ ।
कुशुम बिन्दाश

बुद्धि चर्न गएको छ कि क्या हो ?
गंगा दहाल

प्रतिक्रिया