आइतबार, वैशाख २८, २०८२

देहिमाडौँमा मेयर कप टी-ट्वान्टी क्रिकेट

नेपालखोज २०७८ फागुन २५ गते १४:१७

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा पाँचौं संस्करणको मेयर कप पुरुष टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ ।

प्रतियोगिता देहिमाडौंमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका–४ खलंग र नगरपालिकाका-९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसअघि गतवर्ष सम्पन्न चाैँथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलंगले हात पारेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ ।

प्रतिक्रिया