शनिबार, असार १४, २०८२

हेटाैंडा अस्पतालमा डायलासिस सेवा सुरु

नेपालखोज २०७८ फागुन २६ गते ९:०१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० वटा मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।  

हेटौंडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौंडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए । 
 
यसअघि हेटौंडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो । हेटौंडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौं र चितवनलगायत ठाउँ डायलासिसका लागि जानु पर्ने वाध्यता हटेकाे छ । रासस

प्रतिक्रिया