सोमबार, वैशाख २४, २०८१

संयुक्त राष्ट्रसंघमा नेपाली झन्डा

सुनील उलक २०७८ फागुन २८ गते १०:५४

वि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजयशम्शेर राणाले विदेशी विभागको डाइरेक्टर जनरलको रुपमा संयुक्त राष्ट्र संघमा पुगेका थिए । २००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र संघमा केवल ५१ राष्ट्र मात्र सदस्यहरु थिए । जसमध्ये ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्याण्डले गठनको एक साता अगाडि मात्र हस्ताक्षर गरेका थिए ।

यसरी गठन भएको संयुक्त राष्ट्र संघमा नेपालमा राणाकाल नै भएको भएपनि चार वर्ष पछि नै सदस्यताको लागि आवेदन गरे । संयुक्त राष्ट्रसंघ पुगेका विजय शम्शेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनु पर्ने आधारहरु सबै लेखेका थिए । तर सोवियत संघले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर खारेज गरिदिए ।

सुरक्षा परिषदका ९ राष्ट्रको सहमति हुँदा पनि सोवियत संघको भिटोको कारणले नेपाल सदस्य बन्न बञ्चित भयो । यसपछि पनि निरन्तर प्रयासहरु भइरहे । अन्तत २०१२ को मंसिर २९ मा भएको संयुक्त राष्ट्र संघको दशौ महासभाको ५५५औं बैठकले नेपाललाई अन्य १५ राष्ट्रको साथ सदस्यताको लागि स्विकृती प्रदान गर्‍याे ।

त्यति बेला नेपालमा राजा महेन्द्रको प्रत्यक्ष शासन थियो । तसर्थ त्यस सभामा कसैले पनि भाग लिएनन् । सदस्यता प्रदान गरेको तीन महिना पछि २०१२ फागुन २६ मा संयुक्त राष्ट्रसंघको मुख्यालय रहेको बाहिर सदस्यता राष्ट्रको झण्डा फहराइने क्रममा यसै वर्ष संयुक्त राष्ट्रसंघको सदस्यता पाएका १६ राष्ट्रको झण्डा फहराइएको थियो ।

अल्वानिया, अष्ट्रिया, बुल्गेरिया, कम्बोडिया, फिनल्याण्ड, हंगरी, आयरल्याण्ड, इटली, जोर्डन, लाओस, लिबिया, पोर्टुगल, रोमानिया, स्पेन तथा श्री लंकाको साथ नेपालको पनि झण्डा फहराइएको थियो । एघारौ महासभामा भने टंकप्रसाद आचार्यको मन्त्रिपरिषदका परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक भाग लिएका थिए ।

साथै सदस्यताको लागी धन्यवाद दिएका थिए । त्यस महासभामा हिमालय बिक्रम शाह पनि सहभागी हुनुहुन्थ्यो । यस पछि भने ह्रषिकेश शाहलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधी नियुक्त गरिए पछि भने महासभामा हृषिकेश शाहले प्रतिनिधित्व गरेका थिए । हेरौं भिडियोमा सोही गौरवमय क्षण जुन बेला संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालको झण्डा फहराइएको थियो ।

प्रतिक्रिया