साउदीका राजकुमारले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर के भने ?
नेपालखोज
२०७८ चैत १ गते १६:५९

काठमाडौं । साउदी अरबका राजकुमार विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको दुई दिने भ्रमणका क्रममा रहेका विदेशमन्त्री साउदले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । विदेशमन्त्री साउद सोमबार साँझ नेपाल आएका थिए ।
राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

उनी मंगलबार विहान नेपाल-साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मंगलबार स्वदेश फर्कने छन् ।
सम्बन्धित
प्रतिक्रिया