आइतबार, वैशाख १४, २०८२

खतरामा गुराँसको अस्तित्व ?

नेपालखोज २०७८ चैत ४ गते १८:५३

काठमाडौं । गुराँस नेपालको राष्ट्रिय फूल हो । यो नेपालको मात्र नभएर भारतको उत्तराखण्ड, हिमाञ्चल तथा नागाल्यान्डको समेत राजकीय पुष्प तथा वृक्ष हो । इन्भारमेन्ट इन्फर्मेसन सिस्टम (ईएनबीआईएस) रिसोर्स पार्टनर अन बायोडायभर्सिटीका अनुसार गुराँसक‍ो वनस्पतिक नाम रोडोडेन्ड्रोन अर्बोरियम एसएम हो । गुराँसलाई अंग्रेजीमा रोडोडेन्ड्रोन तथा संस्कृतमा कुर्वाक भनिन्छ । ‘रोडोडेन्ड्रोन’ ग्रिक भाषाको दुई शब्द मिलेर बनेको हो । ‘रोड’ को अर्थ ‘गुलाबी रातो’ तथा ‘डेन्ड्रोन’ को अर्थ ‘रुख’ हो जसको समग्र अर्थ रुखमा फूल्ने गुलाबी रातो फूल भन्ने निस्कन्छ । आईयूसीएनको द रेड लिस्ट अफ रोडोडेन्ड्रोनका अनुसार, गुराँस अम्लीय माटोमा उच्च वर्षा तथा उच्च आर्द्रता भएको क्षेत्रमा हुर्कन्छ ।

मार्च-अप्रिल महिना गुराँस फूल्ने सिजन हो । नेपालको उच्च पहाडी भू-भागमा आर. आर्पोरियम नामक प्रजातिको गुराँस बढी पाइन्छ ।

गुराँस एउटा सदाबहार रुख हो जुन समुद्रको सतहभन्दा १५०० देखि ३६०० मिटरको उचाइसम्म पाइन्छ भने यो रुख २० मिटरसम्म अग्लो हुन्छ । यसक‍ो फूल पत्र-पत्रमा विभाजित, ठूलो आकारको, गोलाकार, गाढा रातो वा गुलाबी रङको हुन्छ ।

यी देशमा पनि पाइन्छ गुराँस
गुराँस नेपालीहरुका लागि निकै महत्त्वपूर्ण छ र यो हाम्रो पहाडी इलाकाका मेचीदेखि महाकालीसम्म फैलिएको छ । गुराँस नेपालका अतिरिक्त भुटान, चीन, भारत , पाकिस्तान, थाइल्यान्ड तथा श्रीलंकामा समेत पाइन्छ ।

गुराँसको आर्थिक महत्त्व
गुराँसको रुखको काठको उपयोग इन्धनका रूपमा तथा कोइला बनाउनसमेत हुन्छ । गुराँसको काठको प्रयोग टुल-हेन्डल, बक्स, प्याक, धुप, प्लाइउड आदि बनाउन प्रयोग गरिन्छ ।

गुराँसको उपयोग
गुराँसक‍ो फूलको उपयोग अचार बनाउनदेखि वाइन बनाउनसम्म गरिँदै आएको छ । यसक‍ो स्वाद केही अमिलो तथा केही गुलियो हुन्छ । धार्मिक कार्यमा देवी-देवताहरुलाई गुराँसक‍ो फूल चढाइन्छ ।

हावा शुद्ध गर्छ
गुराँसको जुनिपर, थुजा र पिनस प्रजातिका पात भारतको पश्चिम अरुणान्चल प्रदेशमा धुँवा बनाएर हावा शुद्ध गर्ने काममा गरिन्छ । यसका लागि यसक‍ो हरियो पात नै बाल्ने चलन छ ।

गुराँसको औषधीय उपयोग
गुराँसको फूलबाट निर्मित सर्बत हृदय रोगीहरुका लागि अत्यन्त लाभदायक मानिन्छ । यसको हाँगाको उपयोग सर्दी, मांसपेशीको पीडा, टाउको दुख्दा तथा ज्वरोमा समेत गरिन्छ । यसक‍ो प्रयोग स्क्वास तथा जाम बनाउन पनि हुन्छ ।

गुराँसको औषधीय उपयोग टाउको दुख्दा तथा ज्वरो आउँदा कोमल फूलको पात पिसेर निधारमा राखेर गरिन्छ । यसको फूल र रुखक‍ो बोक्राको उपयोग पाचन तथा श्वाससम्बन्धी विकार ठीक गर्न गरिन्छ ।

गुराँसमा जलवायु परिवर्तनको प्रभाव
स्थानीय अर्थव्यवस्थामा गुराँसको रुखले अहं भूमिका निर्वाह गर्छ । यद्यपि गुराँस समयभन्दा पहिले फूल्न थालेक‍ो रिपोर्टले तापमान तथा वर्षा, हिउँ आदिमा आएको परिवर्तनले गुराँसलाई असर पार्न थालेको संकेत दिएको छ ।

ग्लोबल वार्मिङले गुराँसको फूलक‍ो बोटलाई समेत छोडेको छैन । बदलिँद‍ो मौसम एवं वातावरणीय परिवर्तनको प्रभाव गुराँसको रुखलाई समेत परेको छ । पर्याप्त वर्षा नहुँदा यसको फूलको रसिलोपन नै कम हुन्छ । अहिले गुराँसको रुख काट्ने क्रमले समेत तीव्रता पाएको छ जसले यसको अस्तित्वलाई नै संकटतर्फ धकेलेक‍ो छ ।

प्रतिक्रिया