शुक्रबार, वैशाख २८, २०८१

‘बडी डिटक्स’ गर्ने प्राकृतिक उपाय

नेपालखोज २०७८ चैत ६ गते १८:५९

काठमाडौं । खानपिनका कारण हाम्रो शरीरमा विकार जम्मा भइरहेको हुन्छ त्यसैले हामीले बेलाबेलामा आफ्नो शरीरलाई डिटक्स गरिरहनुपर्छ । हामीले आफ्नो शरीरलाई प्राकृतिक रुपमा घरमै टक्सिन फ्री बनाउन सक्छौं ।

के हो बडी डिटक्सिफिकेसन ?
डिटक्सिफिकेसन (detoxification) को अर्थ शरीरलाई भित्र र बाहिर दुवैतिर बाट रिल्याक्स, क्लिन्ज गर्नुका साथै शरीरलाई पोषण दिनु हो । यो प्रक्रियामा शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर स्वस्थ पोषक तत्त्व सेवन गर्नुपर्छ । फोहर हाम्रो घर-टोल वरिपरि मात्र हुँदैन यो हाम्रो शरीरभित्र पनि हुन्छ । यही फोहोरका कारण अनेक प्रकारका बिरामी जस्तो- तनाव, अनिद्रा, कोल्ड एन्ड फ्लु, अपच, वजन बढ्ने समस्या आदि देखा पर्छ । समयमै यसको उपचार गरिएन भने यी सामान्य लक्षणले नै गम्भीर रूप लिन्छन् । शरीरभित्रको फोहोर सफा गर्न नै डिटक्सिफिकेसन गरिन्छ ।

शरीरलाई डिटक्स गर्न :
तातोपानीमा कागतीको रस-
शरीरलाई डिटक्स गर्न दिनको सुरुवात एक गिलास तातोपानीबाट गर्नुपर्छ । तात‍ोपानीमा कागतीको रस मिसाए शरीरबाट टक्सिन बाहिर निकाल्न मद्दत मिल्छ ।

पर्याप्त मात्रामा पानी-
पानीले शरीरको टक्सिन बाहिर निकालेर पेट सफा गर्ने काम गर्छ । यसका लागि दिनमा दुई लिटर पानी पिउनुपर्छ ।

हरियो तरकारी-
हरिय‍ो तरकारीको फाइदा हामी सबैलाई थाहै छ । यद्यपि शरीरफाई डिटक्स गर्न हरिया सागसब्जीलाई पकाएर होइन उमालेर खानुपर्छ । यसले सुगर तथा फ्याट कम गर्न मद्दत पुर्याउँछ ।

मेडिटेसन-
मेडिटेसनले मनलाई शान्त राखी स्ट्रेस घटाउने काम मात्र गर्दैन यसले शरीरलाई डिटक्स गर्नसमेत मद्दत गर्छ । मेडिटेसन गर्दा लामो र गहिरो श्वास लिँदा शरीरले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्छ जसका कारण शरीरका सबै अंगले सही ढंगबाट काम गर्छन् ।

क्याफिन होइन, ग्रिन टी-
चिया, कफीजस्ता क्याफिनयुक्त ड्रिंक्सले शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्याउँछन् । यसको हानिकारक दुष्प्रभावबाट जोगिन ग्रिन-टी पिउनुपर्छ । ग्रिन-टीले पाचनतन्त्रलाई सफा गर्नुका अतिरिक्त शरीरको मेटाबोलिज्म बढाउनसमेत सहय‍ोग गर्छ । यसबाट वजन कम हुन्छ ।

फलफूल खाउँ-
फलफूलमा पाइने भिटामिन तथा मिनरल कोषिका निर्माणका लागि अत्यावश्यक कुरा हुन् । यसैगरी फलफूलमा हुने एन्टिअक्सिडेन्टले कोषिकामा हुने नोक्सान रोक्छ । यही कारणले मिठाई खाएपछि जमेर फलफूल खानुपर्छ ।

एक्सरसाइज-
शरीरलाई डिटक्स गर्न दैनिक एक घण्टा वर्कआउट गर्नुका साथै योग वा डोरी जम्पसमेत गर्नुपर्छ । एक्सरसाइज गर्नुको अर्थ जिम ज्वाइन गरी भारी वजन उठाउनु वा कार्डियो गर्नु मात्र होइन । यसका लागि स्पिड वाकिङ, साइकिल चलाउने वा घरमै दश मिनटको बडीवेट एक्सरसाइजजस्ता हल्का-फुल्का वर्कआउट पनि गर्न सकिन्छ ।

पूर्ण निद्रा-
राम्रो स्वास्थका लागि दैनिक ७ देखि ८ घण्टा सुत्नु अत्यावश्यक हुन्छ । जब हामी सुत्छौं तब हाम्रो मस्तिष्कले आफैंलाई रि-अर्गनाइज तथा रिचार्ज गर्छ । यसले दिनभर जम्मा भएको टक्सिन्सलाई रिमुभ पनि गर्छ । निद्रा बडी डिटक्सिफिकेसनका लागि अत्यन्तै आवश्यक हुन्छ ।

प्रतिक्रिया