कमल थापाले पनि राजा नबोकेको भए…

नेपालखोज २०७८ चैत ७ गते १८:५७

राप्रपा लिङ्देनमा बसेका करिब १००० जनाको ‘बायोडाटा’ (जीवनी) बाट राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम र थापाले तिनीहरुलाई गरिदिएको तरक्की (पद, प्रतिष्ठा, सामाजिक स्थान) हटाउने हो भने तिनीहरु अधिकाँशको जीवनी अधुरो र अधमरो हुन्छ ! कमल थापा अध्यक्ष, उपप्रधानमन्त्री नभइदिएको भए, ती अधिकांश अर्को जुनीमा पनि मन्त्री, महामन्त्री, सांसद, राजदूत, सल्लाहकार हुने थिएनन् ! स्वार्थ र लाभको लागि राजनीति गर्नेहरुले नै हो- ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने ! यथार्थ यही हो, अनिष्ठाको ‘बेञ्चमार्क’ पनि यही हो !
सुरेश आचार्य

प्रतिक्रिया :
जनता कार्यकर्ताको अभीमत स्वीकार्न नसक्ने अध्यक्षमा हारेपछि फेरि अध्यक्ष हुनका लागि पार्टी फोड्ने महान् नेता ।
गोपाल गुरागाईं

नैतिकताको खडेरी लागेको देश र नेता , देश के उभो लागोस् तेस्ता ले देश हाक्दा ?
महेश आचार्य

उनीहरुले चै कमल थापालाई केही गरेनन ? अनि सधै कमलकै दास हरूवा चरुवा भैरहनुपर्थ्यो ?
उनीहरुलाई विवेक प्रयोग गर्ने अधिकार् थिएन र ?
दिनेश आचार्य

हामी जस्ता सोझासाझाहरुले मत दिएर २७ सिट नल्याएको भए २०७० सालपछी तपाइका कमल थापा पनि यो जुनी त के अर्को सात जुनी पनि मन्त्री उपप्रधानमन्त्री त परैजाओस , वडा सदस्य पनि हुने थिएनन हेक्का रहोस यो पनि । हरूवा गोरुको छेरुवा दाउ । अर्को कुरो मैले तपाइलाइ ठुलै पढेलेखेको विद्वान मनुवा ठान्या थिए , तर तपाईं फगत खिया परेको चम्चा बाहेक केही फरक हुनुहुदो रहेनछ ।
सन्जय श्रेष्ठ

कठै भने दाजु…. आजभोलि तपाईको लागि मेरो इज्जत अझै कम हुँदै जादैछ ।
अरुण नेपाली लुइँटेल

कमल थापाले पनि राजा नबोकेको भए आज कमल थापा कहाँ हुनुहुन्थियो होला र कति पटक उपप्रधान मन्त्री र परराष्ट्रमन्त्री हुनु हुन्थियो होला ?
गोविन्द सुन्दास

राप्रपा र राप्रपा नेपाल सके एक भएको राम्रो नसके आ – आफनो तरीकाले हिडेको राम्रो एक ले अर्को लाई बदनाम गराउनु राम्रो होइन भोली मिल्छ नै । सबैलाई पद चाहिएको छ । भिडन्त कांग्रेस , एमाले , माओबादी , मधेसबादि आदि सँग हो गर्ने आपसमा होइन ,१/२ चुनाव पछि नाम निशान रहदैन्न यस्तै हो भने ।
शिव पौडेल

मति विग्रिएका विद्वानले के – के भन्न थाले ? कमल थापाको गोठमा बाँधेको वस्तु हैन कोहि ….. तपाईं र तपाईको परिवार अनि कमल थापा र कमल थापाको परिवारलाई राजाले गरेको योगदान किन विर्सिएको ?
गणेश सुवेदी

सुरेशजी, यो तपाईंको लेखाईले संभवत कमल थापालाई पनि लाज लाग्यो होला, के सारो गरेको हौ तपाईंले हरे शिव !
तपाईंले भनेका ती १००० जना बिना के कमल थापाको पनि अस्तित्व थामिन्थ्यो होला त्यसबेला ??
ज्ञानेन्द्र गदाल

प्रतिक्रिया