सोमबार, वैशाख १५, २०८२

क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपालखोज २०७८ चैत १२ गते १८:५८

काठमाडौं । धरान उप.म.न.पा १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर खुलेको छ । नेपाल बैंक लि. संचालक समिति सदस्य डा. सावित्रि रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्तरुपमा विधिवतरुपमा उक्त काउन्टरको उद्घाटन् गरे ।

कार्यक्रममा संचालक समिति सदस्य डा. श्रेष्ठले वि.स. १९९४ मा स्थापित देशकै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ सेवा दिने क्रममा क्याम्पसमा बैंकिङ सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि बैंकिङ सेवाभावको साथ गुणस्तरिय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरे ।

यसैगरी क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ इतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुनगएकोमा धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे । बैंकका प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धक लगायतका बैंक कर्मचारी तथा क्याम्पसकातर्फबाट प्राध्यापक, कर्मचारी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल ५ हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया