सोमबार, वैशाख २९, २०८२

यसरी पुग्यो नेपाली टोली चोनबरी खेल मैदान (फोटो फिचर)

नेपालखोज २०७८ चैत १३ गते १४:२६

काठमाडाैं । आसन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपाली टीम यतिबेला थाइल्याण्डमा रहेको छ । त्यहाँ २ वटा मैत्रीपूर्ण खेलका लागि गएको हो ।

पहिलो मैत्रीपूर्ण खेल थाइल्याण्डको राष्ट्रिय टिमसँग खेलिसकेको छ भने आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले थाइल्याण्डको चोनबरी एफसीसँग आज अपरान्ह पौने ६ बजे खेल्ने छ । चोनबरी त्यहाँको शीर्ष डिभिजन क्लब हो ।

यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा भने २–० ले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेल टुंग्याउने लक्ष्यमा रहने छ ।

नेपालले एसियन कप छनोटमा कुवेत, इन्डोनेशिया र जोर्डनसँग खेल्ने छ । कुवेतमा हुने खेलहरु जुनमा हुने छन् ।

प्रतिक्रिया