दीपेन्द्रको विस्फोटक अर्धशतक मद्दतमा पीएनजीलाई २०४ रनको चुनौती

काठमाडाैं । पपुवा न्यगिनीविरुद्धको टी-ट्वान्टी खेलमा नेपालले दुई सय चार रनको विशाल लक्ष्य दिएको छ । दिपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले पीएनजीविरुद्ध २० ओभरमा सात विकेट गुमाउँदै दुई सय तीन रन बनायो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको स्कोर ४४ रन हुँदा पहिलो विकेट झरेको थियो । ओपनर कुशल भुर्तेल ब्यक्तिगत १७ रनमा पेभेलियन फर्किए । उनले २० बलमा दुई चौका प्रहार गरे । त्यसपछि नेपालको स्कोर ७२ रन हुँदा दोस्रो विकेट गयो । अर्का ओपनर आशिफ शेख ३८ रनमा आउट भए । उनलाई नोरमन भानुले आउट गरे । उनले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका रोहित पौडेल ब्यक्तिगत ४१ रनमा आउट भएपछि नेपालले एक सय २३ रनमा तेस्रो विकेट गुमायो । उनले २३ बलमा चार चौका दुई छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरीसँग ५१ रनको साझेदारी गरेका थिए । त्यसपछि दिपेन्द्रले आक्रामक अर्धशतकीय पारी खेले । उनको टी २० अन्तराष्ट्रियमा यो चौथो अर्धशतक हो ।
आक्रामक ब्याटिङ गरेका दिपेन्द्रले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । उनले भानुको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । ४९ रन हुँदापनि उनले छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । साथै उनले टी २० आईमा धेरे अर्धशतक बनाउने खेलाडीमा पुर्व कप्तान पारस खड्कासँग बराबरी गरेका छन । पारसको पनि चार अर्धशतक रहेको छ । नेपालका लागि टी २० आईमा धेरै अर्धशतक बनाउने खेलाडीमा कुशल भुर्तेल रहेका छन । उनको नाममा पाँच अर्धशतक छ ।
ऐरीले मलेसियासँगको खेलमा मात्र आठ सय रन पुरा गर्दै टी-ट्वान्टी आईमा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्ष स्थानमा उक्लिएका थिए । उनले धेरै रन बनाउने खेलाडीको सूचीमा पारस खड्कालाई उछिनेका थिए । अन्तिममा ऐरी ६६ रनमा आउट हुँदा नेपालले एक सय ९९ रनमा चौथो विकेट गुमायो । ऐरीले आजको खेलमा डेब्यु गरेका मोहम्मद आदिल आलमसँग आक्रामक ७६ रनको सोझेदारी गरेका थिए ।
जसमा आदिलले पहिलो पारीमा नै विस्फोट ब्याटिङ गरेर ३१ रन बनाए । उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए । लगत्तै मलेसियासँगको खेलमामात्र डेब्यु गरेका दिलिप नाथ खाता खोल्न नपाउँदै आउट भए । नेपालले अन्तिम ओभरमा तीन विकेट गुमाउँन पुगेको थियो ।
प्रतिक्रिया