ढाड, कम्मर दुख्दा गर्नुपर्ने सेतुबद्धआसन !

जीवनको कनै न कुनै कालखण्डमा ढाड–कम्मर दुख्ने समस्याले तपाईं हामी जो कोही पनि ग्रसित भएको हुनुपर्छ । ढाड–कम्मर दुख्ने समस्या एक आम समस्या भएता पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरू मध्ये केही सामान्य एवं आम कारणहरू छन भने केही कारणहरू एदाकदा देखा पर्ने एवं विरलै घटित हुने कारणहरू छन् ।
आम कारणहरूमा मांशपेशीहरूको जकडन, ईन्टर–भर्टेब्रल–डिक्सको चोट–पटक, बल्ज, ढाडको हड्डि खिईने रोग, नसा च्यापिने रोग, साइटिका, स्पाइनल क्यानल साँगुरिने रोग, अष्टियो पोरोसिस, ढाड बाङ्गिने जस्ता रोगहरू पर्छन् भने विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डिको टीबी एङ्ककोलाईजिङ्ग स्पोन्डाईलाइटिस, क्यानसर आदि पर्छन् ।
ढाड कम्मर दुख्ने समस्याको धेरै जस्तो अवश्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्मलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाईबाट छुटकारा पाउन विशेष महत्व छ ।
सेतुबद्धआसन : संस्कृत पुललाई सेतु भनिन्छ । यो आसनको अभ्यासको क्रममा हाम्रो शरीरले पुल जस्तो आकृति धारणा गर्ने हुँदा यस आसनलाई सेतुबद्ध आसन भनिएको हो ।
सेतुबद्धआसन गर्ने विधिः
क) यो आसन अभ्यासका लागि भुइमा चटाई ओच्छ्याएर उत्तानो परेर सुत्नुपर्ने हुन्छ ।
ख) उत्तानो परेर सुते पश्चात हुँदै गोडालाई आपसमा जोड्नुहोस र हातहरुलाई शरीरसँग टसाएर राख्नुहोस् ।
ग) अब दुवै खुट्टालाई घुँडाबाट मोड्दै नितम्भ छेउमा ल्याएर कुर्कुचा राख्नुहोस् ।
घ) अब दुवै हातको हत्केलाले खुट्टाको गोलिगाँठाको आसपास समातेर लामो गहिरो श्वास लिदै नितम्मलाई र ढाडलाई जमिनबाट पुरै माथि उठाउनुहोस् । यसरी उठाउँदा चिउडाले छाति छोओस् काँध र खुट्टाको बलमा मात्र शरीर थामियोस ।
ङ) ३० सेकेण्ड जति यस स्थितिमा अडिए पछि विस्तारै श्वास छोड्दै पहिले नितम्भलाई जमिनमा टेकाउनु होला र विस्तारै हात र खुट्टालाई खोल्नुहोला ।
च) अब सुरुवातको अवस्थामै आएर पुनः खुट्टा फट्याएर सवासनमा आराम गर्नुहोला । छ) यो अभ्यासलाई २/३ चोटी दोहो¥याउनुहोला ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया