आइतबार, पुष ६, २०८२

सेञ्चुरी बैंकको क्यालेन्डर सार्वजनिक

नेपालखोज २०७८ चैत २३ गते १७:२९

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकाबिच सेञ्चुरी क्यालेण्डर २०७९ सार्वजनिक गरेका छन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरु लगायत विभिन्न बैंकिङ सेवालाई समावेश गरिएको छ ।

यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया