नेदरल्यान्डसको पुष्प मेलाको मनमोहक दृश्य !

नेपालखोज २०७८ चैत २४ गते १६:४३

काठमाडौं । तस्बिरमा नेदरल्यान्डसको पुष्प मेलाको दृश्यलाई कैद गरिएको छ । यतिबेला त्यहाँ विश्वकै सबैभन्दा ठूलो पुष्प मेला लागिरहेको छ । तस्बिरमा रंगीविरंगी फूलहरु देख्न सकिन्छ । त्यहाँ फूलहरुलाई निकै कलात्मक तरिकाले रोपिएका छन् ।

झट्ट हेर्दा निकै मनमोहक देखिने दृश्य साँचिकै प्रशंसा गर्न लायक नै छ । उक्त मेलामा त्यहाँ रहेका नेपालीहरु पनि पुग्ने गरेका छन् । पत्रकार ददि सापकोटाले उक्त मेला साँच्चै विशाल र अचम्मको रहेको प्रतिक्रिया दिएका छन् । सापकोटाले आफ्नो फेसबुकमा तस्बिरहरु सार्वजनिक गर्दै लेखेका छन् – यो पुष्प मेला साँच्चै विशाल, अचम्मैको पो हुने रहेछ।

तस्बिर : ददि सापकोटाको फेसबुकबाट

प्रतिक्रिया