बुधबार, जेठ १, २०८२

आईपिएल : पाँचौ खेलमा चेन्नईकाे पहिलो जित

नेपालखोज २०७८ चैत ३० गते ६:३६

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा चेन्नई सुपर किंग्सले मंगलबार पहिलो जित निकालेको छ। डिवाई पटीलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रनको विशाल स्कोर तयार गरेको थियो । जवाफमा बैंगलोर १ सय ९३ रनमा समेटिएपछि चेन्नईले जारी संस्करणमा पहिलो जित निकाल्दै २ अंक जोड्यो । २ सय १७ रनको विशाल स्कोर पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ य ९३ रन बनायो ।

त्यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टीमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए । दुबेले ४६ बलमा ५ चौका र ८ छक्काको सहयोगमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८ रनको योगदान दिए ।

उथप्पाले दुबेसँग तेस्रो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै थप दोहोरो स्कोरका रुपमा ऋतुराज गाइकवाडको १७ रन रहेको थियो। बुधबार मुम्बई र पञ्जाव प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया