आइतबार, जेठ ६, २०८१

मार्मिक कथामा आमा… (भिडियोसहित)

नेपालखोज २०७९ वैशाख ७ गते १३:३४

काठमाडौं । आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा लोक पौडेल र अन्जु पन्तको आवाज रहेको आमा बोलको गीत सार्वजनिक गरिएको छ । मीरा मोसन पिक्चर्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलको शब्द एवं संगीत रहेको छ ।

सार्वजनिक भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ । आमा-छोराको वियोगान्त कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायत कलाकारको अभिनय छ ।

सार्वजनिक भिडियोलाई दशरथ गिरीले सम्पादन गरेका छन् भने खेम थापा मगरले छायांकन गरेका छन् ।

प्रतिक्रिया