नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि, ३६ खेल समावेश हुने

काठमाडौं । जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ । बैठक बारे निर्णय सार्वजनिक गर्दै राष्ट्रियय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजनासँगै १९औं एसियाली खेलकदमा सहभागि हुने खेलको पनि टुङ्गो लगाएको हो । यसका अलावा बैठकलदे बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।
राष्ट्रिय खेलकुदमा ३६ खेल तथा दुई प्रर्दशनी खेल समावेश गरिने भएको हो । राष्ट्रिय खेलकुदमा क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिने छ ।
छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ । यस्तै क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु आउटडोरमा हुनेछन र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ । तर सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए ।
साथै उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए । यसका साथै उनले प्रदेशको खेलाडी छनोटका लागि संघिय प्रदेश, विभागिय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ । जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्ने मिति तोकिएको छ । यस्तै बजेट बाट १९औ एसियाली खेलकुद तयारी प्रभावित नहुने समेत बताए ।

प्रतिक्रिया