वैशाख महिनामा तुलसीको पूजा !

हिन्दु धर्ममा वैशाख महिनाको विशेष महत्व बताइएको छ । यस अवधिमा गर्नुपर्ने धेरै यम-नियमहरूको उल्लेख पनि शास्त्रमा पाइन्छ । यी दिन कुन देवताको पूजा गर्दा के फल मिल्छ र वैशाख महिनामा कुन-कुन नियम पालना गर्नुपर्ने हुन्छ ।
शास्त्र अनुसार वैशाख महिनामा भगवान् विष्णुको आराधना गर्ने विधि बताइएको छ । यस अवधिमा भगवान् विष्णुको माधव नामले पूजा गरिन्छ । यसलाई माधव महिना पनि भनिन्छ । धार्मिक ग्रन्थका अनुसार वैशाख महिनामा ‘ओम माधवै नमः’ मन्त्रको नियमित ११ पटक जप गर्नुहोस् । यसो गर्नाले हरेक काममा सफलता मिल्नेछ । यसबाट अरु के के काम फाइदा पुग्छ थाहा पाउनुहोस् ।
वैशाख महिनामा गर्नुहोस यी काम
वैशाख महिनामा तुलसीको पूजासँगै भगवान् विष्णुको पूजा–आराधनालाई विशेष महत्त्व दिइएको छ । यस महिनामा तुलसीको पातले श्रीहरिको पूजा गर्नुपर्छ । यसो गर्नाले व्यक्तिको करियरमा प्रगति हुन्छ र स्वास्थ्य राम्रो हुन्छ । साथसाथै परिवारमा सुख शान्ति पनि आउँछ ।
यो महिनामा तुलसीको बिरुवा लगाउनु पनि शुभ मानिन्छ । घर, मन्दिर वा आँगनमा तुलसीको बिरुवा रोपेर यसको रेखदेख गर्नाले जीवनमा सफलता मिल्छ र व्यक्तिको धेरै उन्नति हुन्छ ।
यस महिनामा जप, तपस्या र हवनका साथसाथै स्नान र दानको महत्व पनि बताईएको छ । यी सबै काम गर्नाले व्यक्तिलाई अक्षय फल प्राप्त हुन्छ जसरी कार्तिक महिनामा वैशाख महिनामा चाँडो उठेर भगवान विष्णुको पूजा गर्नाले अश्वमेध यज्ञ जस्तै फल प्राप्त हुन्छ । र जीवनमा प्रगति हुन्छ ।
यस महिनामा माटोको भाँडो दान गर्ने विधि पनि भनिएको छ । यस अवधिमा मन्दिर, बगैंचा वा विद्यालय आदिमा माटोको भाँडो राख्नुभयो भने धेरै पुण्य मिल्छ । अनि जीवनमा सुख आउँछ ।
प्रतिक्रिया