अध्यक्ष नेपालद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
नेपालखोज
२०७९ वैशाख ३१ गते १२:०८

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिएका छन् । घटनामा परि घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गरेका छन् । रासस
सम्बन्धित

प्रतिक्रिया