एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापीमा विशेष छुट
नेपालखोज
२०७९ जेठ ११ गते २१:२२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबिच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।
कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।
सम्बन्धित








प्रतिक्रिया