सोमबार, पुष ७, २०८२

आईजे ग्लोबल म्यागाजिनको शीर्ष २० बैंकको सूचीमा नबिल बैंक

नेपालखोज २०७९ जेठ १४ गते १४:२५

काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आईजे ग्लोबल म्यागाजिन पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकको एक्सक्लुसिभ लिग तालिकामा सूचीकृत भएको छ ।

आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजनावित्त डेटा स्रोत मानिन्छ । आईजे ग्लोबल म्यागाजिन तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानुन फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरू प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४औं स्थानमा छ, जुन ग्लोबल सिस्टमेटीकल्ली इम्र्पोरटेन्ट बैंकको शीर्ष १०औं स्थानमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नबिलले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटीएम र १७० भन्दा बढी बैंकिङ साझेदारमार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ । नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेसन व्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू, जस्तै- सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिई चलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत मागको आपूर्ति गर्दै आएको छ । जलविद्युत् क्षेत्रमा १,८०० मेगावाटसम्मको आन्तरिक जलविद्युत् उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ ।

त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेसन व्यवस्थापनको एक महत्त्वपूर्ण हिस्सा पनि हो ।

प्रतिक्रिया