आइतबार, वैशाख १६, २०८१

खास कुरा बताउनु छ

प्रतिमा श्रेष्ठ २०७९ जेठ २१ गते १०:२१

आफ्नै धुनमा मगन तिमी हल्का तिमीलाई चलाउनु छ
तिम्रा लागि साँचेको माया दिल खोली खनाउनु छ
तिमीलाई सताउनु छ
धेरै माया गर्छु खास कुरा बताउनु छ

तिमीलाइ देख्दा आँखाभरि त्यसै-त्यसै जीवन तैरिन्छ
मुटु चल्छ आराम हुन्छ ओठ भरी खुसी पौडिन्छ
मलाई रुवाउने मलाई हँसाउने दिएको छु अधिकार बताउनु छ
अलिकति सताउनु छ
धेरै माया गर्छु खास कुरा बताउनु छ

आजको साथ भोलिको याद भुल्नै नसक्ने पल बनाउ
के भर छ र जिन्दगीको केही खुसी सँगै मनाउ
फेरि कसैलाई माया नै नगरुँ यसरी आफूलाई रित्याउनु छ
अलिकति सताउनु छ
धेरै माया गर्छु खास कुरा बताउनु छ ।

प्रतिक्रिया