मंगलबार, जेठ १, २०८१

हाम्रो समय

बिमल वैद्द २०८० वैशाख ९ गते ११:००

आकाश सल्किए जस्तो
धर्ती बले जस्तो
एउटा तातो पिण्ड
यतै कतै खसे जस्तो
खलखली पसिना बगाउदै म
यतिखेर
तिमीलाई सम्झिरहेछु ।

म बाट छुटेर टाढा पुगेपछि
तिमी भने
चिसिएकी होलाउ यो समय
म भने बाफिएको छु,
संगै रहदा त
न तिमी जाडोले छट्पटिएको देख्थे१
न त म नै गर्मीले आत्तिएको हुन्थे१
साटेर मनका चाहानाहरू
हामी सुदुर यात्राको कथा बुन्थ्यौ ।
समयको धुले बाटोमा
तिम्रो पाइलाले छोडेका डोबहरू
अहिले पनि मेटिएका छैनन्
हिड्नेहरू कतिरकति हिडिसके
र पुगिसके होलान्
जीवनको पल्लो किनार टेक्न,
हामी त अल्मलिएछौ
आफ्नै मन भित्रका अन्तरद्वन्दहरू वीच
हामी एकै भएर पनि
न तिमी म बन्न सक्यौं !
न म नै तिमी बन्न सके !
बगेर पानी हामी बीच
बल्लो कीनार र पल्लो तीर बन्यौ
तिमी पारि बाट हात हल्लाइरहेछौ
म वारि बाट इशारा गरिरहेक‍ो छु
हाम्रा आवाजलाई
खोलाको आवाजले थिचेको छ
एउटै श्वर बन्न सकिरहेका छैनौ
एउटै आवाज बोल्न सकिरहेका छैनौ
पग्लिरहेको छु म बगरमा
देख्छु,
तिमी पनि थोपारथोपामा
अनुदित भइरहेकी छौं
भन त,
यसरी कतिन्जेल
हामी काकाकुल भएर
खोलाको किनारमा बसिरहन सक्छौं !!

आकाश डढे जस्तो
धर्ती बले जस्तो
एउटा तातो पिण्ड
यतै कतै खसे जस्तो
म खलखली पसिना बगाउँदै
यतिखेर
तिमीलाई हेरिरहेछु ।

प्रतिक्रिया