यूएईसँग नेपालको लज्जास्पद हार, ८ रनमै अलआउट
नेपालखोज
२०७९ जेठ २१ गते १३:०५

काठमाडौं । आईसीसी महिला यू–१९ टी–२० विश्वकप एसिया छनोटमा नेपालले हार बेहोरेको छ । नेपालले आज(शनिबार) भएको खेलमा यूएईसँग १० विकेटको पराजय भोगेको छ ।
नेपालको ब्याटिङ एकदमै कमजोर देखियो । पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो । ९ रनको लक्ष्य यूएईले १ दशमलव १ ओभर खेल्दै विना विकेटको क्षतिमा पूरा गर्यो ।
यूएईका तीर्थ सतिसले ४ र लाभन्य केनी ३ रन बनाए । नेपाकी स्नेहा महराले ३ सर्वाधिक रन बनाइन् । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले एक रन पनि बनाउन सकेनन् ।
सम्बन्धित
प्रतिक्रिया