माओवादीको विस्तारित बैठक जारी

नेपालखोज २०७९ जेठ २२ गते ९:३८

काठमाडौं । प्रचण्ड निवास खुमलटारमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ । बैठकमा स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा छलफल भईरहेको बुझिएको छ ।

बजेट कार्यान्वयनलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । यस्तै सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया