शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैंकद्वारा पुनः २१ अर्ब ९ करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७९ जेठ २२ गते १२:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार जेठ २३ गते अर्थात् भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ २४ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ६ अर्ब ८३ करोड रुपैयाँबराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुने कुल ट्रेजरीमध्येमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ ।

ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएको छ । यसअघि यही जेठ १६ गते पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया