टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

काठमाडौं । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । विभिन्न प्रयोजनका लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रूपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ । २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।
यसले निरन्तर विद्युत् प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । ‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौं । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनमार्फत आफ्नो आफ्नो ग्राहकको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्नेतर्फ कटिबद्ध छ,’ टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस एकाइअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णन बताउँछन्, ‘टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ । सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरूको बिक्री तथा सेवासम्बन्धी कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं ।’
यसैगरी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘आफ्नो स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकको इच्छा र आवश्यकता परिपूर्ति गर्न प्रतिबद्ध छ । टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गर्नेछ । हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ ।’
यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगका लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ । निर्माण एवं पूर्वाधार कम्पनी, होटेल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई यो उत्पादन उपयुक्त छ ।








प्रतिक्रिया