प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालगायतले जवाफ दिने

नेपालखोज २०७९ असार २ गते ६:५४
;

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बस्ने र विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने कार्यसूची छ । 

विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विभिन्न प्रश्नहरूलाई प्रतिनिधिसभामा आज प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा लगायतले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । 

आज अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयमाथिको प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिनेछन् । 

प्रतिक्रिया