आइतबार, पुष ६, २०८२

पाकिस्तानमा २० दिनमा तीनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपालखोज २०७९ असार २ गते २०:४२

पाकिस्तान । पाकिस्तानमा २० दिनमा तीनपटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । यो बीचमा झन्डै २९ प्रतिशत मूल्य वृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उनले बताए । उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ ।

प्रतिक्रिया