टेक्सस् पर्यटनदूतमा रामकुमार सुवेदी नियुक्त
नेपालखोज
२०७९ असार ४ गते ११:५७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ । एनआरएनका अभियन्तासमेत रहनुभएका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् । उनी गैरआवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । सुवेदीबाट नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ ।
सम्बन्धित








प्रतिक्रिया