आइतबार, पुष ६, २०८२

उपराष्ट्रपति पुन उपचारका लागि नर्भिकमा

नेपालखोज २०७९ असार १० गते १५:२३

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन उपचारका लागि शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन् । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी अस्पताल पुगेको नर्भिकले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पताल आएर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए । उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टीएमटीलगायत परीक्षण गरिएको थियो । सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरूले बताएका छन् ।

प्रतिक्रिया