बिहीबार, वैशाख १३, २०८१

एउटा निर्णय

रमेश तुफान २०७९ असार ११ गते ७:१२

जेपनि हुनसक्छ
एउटा अप्रिय निर्णयबाट
पराजित मनका अनुभूतिहरु
व्यक्त गर्ने
कुनै पनि समय
केही पनि हुनसक्छ
मानौ दुर्घटनामा
टुक्रा टुक्रा भएका गाडीका सिसाहरु
हो मन त्यस्तै छियाछिया हुनसक्छ

कसले वझ्ने
मन भित्र
सपनाहरु हुन्छन
केही आशाका टुसाहरु पलाएर
सर्वत्र फिजिन खोजेको
फर्सिका वोटझै
निर्णय जे लिऔं अथवा भनौ
त्यो जे पनि हुनसक्छ
ती लत्तिहरु सुखेर
मृत्युको पर्खाइको
मस्कुलर स्ट्रोफि वालक झै

कति एक्लो हुन्छ मानिस
त्यतिबेला
जव ऊ पानीको भेलमा
अतासिएको छ निसहयोग
एउटा निर्णय यस्तो पनि हुनसक्छ ।

प्रतिक्रिया