आईएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याबबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात आईएमई जनरलका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगन्जमा प्राप्त हुने सबै किसिमका सेवाहरूमा आकर्षक छुट प्राप्त हुनेछ । यसले आईएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आईएमई जनरलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।








प्रतिक्रिया