साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)
नेपालखोज
२०७९ साउन २ गते १०:०२

काठमाडाैं । साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । शिव मन्दिरहरूमा पूजा–अर्चनाका लागि श्रद्धालुको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत सुरु गर्छन् । साउनको सोमबार ब्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।




तस्बिर रासस
सम्बन्धित

प्रतिक्रिया