शुक्रबार, वैशाख २८, २०८१

मरिन भाग-१

बबिन गौतम २०७९ साउन ३ गते १२:३९

हे मरिन तिमी त मेरो लागि अन्जान थियौ,
नजिक आएर नियाल्दा पो थाहा भयो तिमी त मरिन ठाकुर
सुनन अनि भनन् तिमी किन पुजिन्छौ,
ठाकुर भनिदेऊन तिमीले मलाई यहाँ किन बोलायौ ।।

भनिदेऊन तिमी र म अनि म र तिमी को सम्बन्ध,
खोई तिमी ले बोलायौ पनि एस्तो दिनमा कि,
जुन दिन गुरु र शिष्यको अनन्त प्रेम हुने दिन ।।
ठाकुर बताइदेऊ न हाम्रो पनि कुनै युगमा प्रेम थियो कि,
तिमी किन यति निष्ठूरी बोलाउँदा पनि नसुने झैं
आफ्नै पारामा सुसाउँदै हिँडिरहेछौ ।।

के तिमी र म अनि म र तिमीबीचको सम्बन्ध यति मात्र हो र ?
के तिमी एक छिन् पनि पर्खन सक्दैनौं ?,
आऊ न बस एकछिन त तिमी अनि म सँगै बसेर,
केहीछिन माया-प्रेम अनि निस्वार्थ भावका गफ गरौं ।।

हुन त तिमीलाई पनि हतार होला कुनै सागरमा मिल्न,
अनि मलाई हतार तिमीभित्रको सागर मा मिल्न ।।
तिमी अरु नै सागर अनि म तिमीभित्रको सागर,
कहाँ छौ ठाकुर म त तिमी दिनहुँ यात्रा गर्ने
दोबाटोमा रहेको तै गुप्तेश्वर गुफा मा पर्खिरहेछु ।।

के तिम्रो र मेरो भेट अधुरै हुने होर ?
हुन त तिमी अनि म मा धेरै फरक छ,
तिमी तत्त्व खोज्दै हिँडेका पञ्चतत्त्वलाई सागर लग्छौ ।।
अनि म तत्त्व खोज्दै पञ्चत्त्वको सागरमा मिल्छु
ठाकुर एउटा प्रश्न छ तिमीसँग,
मात्र एकपल्ट सोधिदेऊ न तिम्रो सागरलाई
तिम्रो सागर आफैं भेट्न आउँछ कि म तिम्रो सागर खोजुँ
अनि आफैं भेटेर सोद्न मन छ मरिन् तिमीसग के साच्चै हाम्रो माया बसेको होर ?

माया नै थियो भने किन आकाशलाई चिच्याउन लाउँछौं
अनि बादललाई रुन
अनि फेरि सुन्छु तिमी तिम्रो छाल मा हाँस्दै हिँडेको
कि यो निष्ठूरी हुनुको भाव हो
कहिले माया देखायौ त कहिले त्रास यो सब केका लागि ?
माया नै थियो भने अगाडि आएर प्रेम प्रस्ताव राख म नि:सन्देह स्विकार्छु
घृणा नै गर्छौ भने पनि भन म तिम्रो अगि कहिलै पर्ने छैन
तिमी यति बुजक प्रकृति,
अन्जान को माया अजम्बरी हुन्छ भनेर
त्यसैले त म तिमी आउने बाटो डर त्रास भय नभनी पर्खिर्हेछु ।।

प्रतिक्रिया