शुक्रबार, वैशाख २८, २०८१

मरिन भाग २

बबिन गौतम २०७९ साउन ४ गते १२:२७

प्रिय ठाकुर तिम्रो प्रेम को येस्तो दल दल मा यसरी फसेछु,
न म चिच्याउँदा आकाशले सुन्ने सामर्थ्य रोक्छ न बादलले रोएको नै देख्छ ।।
अनि केही समय तिमी पञ्चतत्त्वसँग लहराएको सुन्छु,
तब मरिन तिमीलाई हेर्न आतुर भएर आउँदा,
न तिमीमा म देख्छु न मेरो पञ्चतत्त्व नै ।।
आज एउटा जलारी दाइ पनि तिम्रै आँगनमा उभिएर भन्दै थिए,
माथिका घुम्तीहरुमा तिमी सुसाएका र गुप्तेश्वरमामा सुसाएका, नै आकाश-पाताल को फरक छ।।
के साँच्चै तिमी मेरो नजिक आउँदा फरक सुसाउँछौ र ?
के तिमीले प्रेम दर्शाएको हौ कि घृणा ?
तर पनि नजिक आएर सुन्दा लाग्छ,
तिमी र म अनि म र तिमीमा पक्कै प्रेम नै हुनुपर्छ ।।
मात्र एकपल्ट सोधिदेऊ न तिम्रो सागरलाई,
तिम्रो सागर आफैं भेट्न आउँछ कि म तिम्रो सागर खोजुँ ।।
अनि चिच्याएर भन्न मन छ ‘प्रेम नभएको भए हेर त आकास चिच्याइरहँदा अनि बादल रोहिरहँदा पनि,
म त तिमी दिनहुँ यात्रा गर्ने सिन्धुलीको गाउँबेंसी दोबाटोमा रहेको त्यही गुप्तेश्वर गुफामा मौन छु।।
कि तिमी लजाएको, मैले त तिम्रो यौवन हेरेर मन पराएको हैन,
मरिन मैले त तिमी लाई स्वार्थ रहित प्रेम गरेको हो ।।
हुन त तिमी निष्ठूरी नै हौ !
लाग्छ तिम्रा ती तत्त्व जुन आकाश चिच्याइरहँदा अनि बादल रोइरहँदा पनि मौन भएर बगिरहेछन् ।।
अझै पनि तिमी आउने आशामा,
तिमी दिनहुँ यात्रा गर्ने सिन्धुलीको गाउँबेंसी दोबाटोमा रहेको त्यही गुप्तेश्वर गुफामा मौन छु।।
मात्र एकपल्ट भनिदेऊ न मरिन के,
मैले तिमीलाई गरेको प्रेम नभए के थियो त ?
मात्र एकपल्ट सोधिदेऊ न तिम्रो सागरलाई !
तिम्रो सागर आफैं भेट्न आउँछ कि म तिम्रो सागर खोजुँ ?

प्रतिक्रिया