रनिल विक्रमासिंघे श्रीलंकाकाे राष्ट्रपतिमा निर्वाचित
नेपालखोज
२०७९ साउन ४ गते १५:०१

काठमाडौं । श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिंघेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् । कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित छन् ।
राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिंघेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् । यसैबीच उनले बिहीबार सबै दलसँग बसेर भेटर्वाता गर्ने बताए ।-बीबीसी
सम्बन्धित
प्रतिक्रिया