सोमबार, वैशाख १७, २०८१

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक

नेपालखोज २०७९ साउन २३ गते १५:०५

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

१० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ मा ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । महालक्ष्मीमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक यो योजनामा सहभागी हुन सक्नेछन् ।

बैंकले आम ग्राहकको आवश्यकता, चाहना तथा अपेक्षा मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखामार्फत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेसमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिममा १७ गरी कुल १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया