मंगलबार, पुष ८, २०८२

नेपाल नाई संघलाई माछापुच्छ्रे बैंकको क्यूआर कोड

नेपालखोज २०७९ भदौ २ गते १५:०९

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रेले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायी लाभान्वित हुने उद्देश्यले बैंकले क्यूआर हस्तान्तरण गरेको हो ।

राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकारी माधव सुवेदीले क्यूआर हस्तान्तरण गरेका हुन् ।

क्यूआर हस्तान्तरणपछि ग्राहकले संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आममानिसमा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया