एक्सेल डेभलपमेन्ट बैंकद्वारा एक्सेल समृद्धि बचत खाता सञ्चालन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणको हित मध्यनजर गरी ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस बचत खातामा वार्षिक नौ दशमलव शून्य पाँच प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यसअन्तर्गत न्यूनतम दुई हजार रुपैयाँमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रूपमा प्राप्त हुनेछ । ‘एक्सेल समृद्धि बचत खाता’ सबै उमेर समूहका नेपालीले खोल्न सक्नेछन् ।
‘तपाईंको स्थानीय साझेदार’को नारा लिएको यस बैंकले स्थानीय स्तरमा बचत गर्ने बानी बसाउन उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालालाई विभिन्न बैंकिङ सुविधासमेत उपलब्ध गराउनेछ । जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेकबुक, अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।
हाल बैंकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न वार्षिक १० दशमलव शून्य पाँच प्रतिशत ब्याज प्राप्त हुने रेमिट बचत खाता र वार्षिक १३ दशमलव शून्य पाँच प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दती खातासमेत सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा तीन गुणा तथा १५ वर्षमा पाँच गुणा हुने मुद्दती निक्षेप पनि सञ्चालनमा छन् ।
झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ शाखामार्फत स्थानीय स्तरमा बैंकिङ सेवा प्रदान गर्र्दै आएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्यूआर कोड पेमेन्ट, आरटीजीएस कर्पोरेट पेजस्ता सुविधाहरूसमेत उपलब्ध गराउँदै आएको छ । साथै प्रदेश १ भर सेवा विस्तार गरी प्रादेशिक बैंक बन्न आवश्यक पुँजीसमेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन गरिसकेको छ ।








प्रतिक्रिया