राजा फर्काउन भदौ १५ गते नारायणहिटीमा धर्ना

नेपालखोज २०७९ भदौ ८ गते १५:१३

काठमाडौं। राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत् धर्ना कार्यक्रम गर्ने बताएको छ । आज रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलन पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार धर्ना कार्यक्रमको आयोजना गर्ने बताएको हाे।

पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसस्था पुनःस्थापनाको लागि आगामी भदौ १५ गते बृहत धर्ना कार्यक्रम गर्ने बताए । उनले भने,‘पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडि विशाल धर्ना कार्यक्रमको आयोजना गरेका छौं।’

जनताहरु पहिला जस्तो गणतन्त्रमा अहिले खुशी नभएको उनले दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । देशभरको कुल जनसंख्या मध्ये राजसंस्थामा आस्था राख्नेहरु ३० लाख भएको उल्लेख गर्दै उनले न्युटल जनताले राजसंस्था वा दलको कसैको पक्ष नलिएको बताए ।

न्युटल जनताको मोह राजसंस्थामा भएपनि मुख नखोलको उनको भनाई थियो । राष्ट्र र मातृभूमिको लागि राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा चढाउन बृहत धर्ना कार्यक्रमको आयोजना गर्न लागेको भन्दै उनले सम्पुर्ण उपत्यकावासीलाई सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया