एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै
नेपालखोज
२०७९ भदौ १० गते ६:३८

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ ।
बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको थियाे ।
त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया