सोमबार, जेठ ७, २०८१

दर !

नेपालखोज २०७९ भदौ १३ गते १७:३९

आमा तीज पनि
आइसकेछ
के भन्छस् छोरी
तीज आउन अझै
एक महिना जति छ
कृष्ण जन्माष्टमी पनि
आएका छैन
हो आमा त्यो त मलाई पनि
थाहा छ तर
यस शहरमा
महिलाहरू, त्यसमा पनि
हुने खाने सभ्य भनाउँदाहरूले
अहिलेदेखि नै
दर खान लागिसके
किनमेल गर्न लागिसके
गरगहना बनाउन लागिसके
नाचगान शुरु गरिसके
पालैपालो
कसैले घरमा,
रेष्टुरेन्ट, पार्टी प्यालेसहरू पनि
बुकिङ हुनेक्रम जारी छ
भ्याई नभ्याई छ
सक्नेको देखासेखीमा
नसक्नेहरू पनि
तम्सिरहेका छन्
हो छोरी जमाना त्यस्तै छ
हाम्रो संस्कृतिमा
बिकृति छायो
यी हुनेखाने
भनाउँदाहरूले
पबित्र हिन्दू संस्कारको
बदनाम गर्न थाले
भन्दा पनि हुन्छ
हो चाड, पर्व मनाउने हो
संस्कृतिको जगेर्ना गर्ने हो
तर
यस्ता बिकृतिलाई
रोकथाम गर्न, तिरस्कार गर्न
केही त पहल हुनै पर्ने हो,
आमा ! तपाईंको धारणा
ठिक हो, म कदर गर्छु
दर त हामीले पनि खानुप¥यो नि आमा
हामी दर कहिले खाने ?
छोरी ! दर खाने हो
दर खाने दिनमा
म तिमीलाई
दर ख्वाउने छु
जसरी भए पनि
अन्य दिनको भन्दा
मिठो मसिनो
बर्डफ्यु लागेन भने
कुखुराको मासु
नभए
माछासम्म भएपनि
खाउँला छोरी
मिठो खाउँला ।

प्रतिक्रिया