कोरोनाबाट दक्षिण कोरियामा एकै दिन ७५ जनाको मृत्यु
नेपालखोज
२०७९ भदौ १५ गते १४:१३

सोल । दक्षिण कोरियामा कोरोना संक्रमण ह्वातै बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाकाअनुसार मंगलबार दक्षिण कोरियामा ७५ जनाकाे मृत्यु भएको छ ।
दक्षिण कोरियामा महामारी साम्य हुने लक्षण देखिएको छैन । मंगलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया