प्रतिनिधिसभाका लागि बाग्लुङ क्षेत्र नं. २ बाट भट्टचन सिफारिस

आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले देविप्रकाश भट्टचनको नाम सिफारिस गरेको छ। शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो ।
बाग्लुङ क्षेत्र नं. २ नेकपा (माओवादी केन्द्र)का सांसद एवं शिक्षामन्त्री देवेन्द्र पौडेलको क्षेत्र हो । २०७४ सालको निर्वाचनमा बाग्लुङ क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका नेता पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
भट्टचन २०४३ सालमा नेपाल युवक संगठनको धौलागिरी अञ्चलको निर्विरोध उपाध्यक्ष भएका थिए । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदबार उठेका उनी झिनो मतले पराजित भएका थिए । बाग्लुङ क्षेत्र नम्बर ३ बाट दोस्रो भएका उनी त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पुन: सक्रिय भए । २०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भए । उनी २०७४ सालमा समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।

प्रतिक्रिया