काठमाडौं ६ बाट प्रत्यक्षमा प्रधान र बानियाँ, समानुपातिकतर्फ परियार र शर्मा सिफारिस

नेपालखोज २०७९ भदौ २० गते १३:४०

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेद्‌वार सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भीमसेनदास प्रधान र सबुज कृष्ण बानियाँलाई उम्मेदवार सिफारिस गरेको हो । प्रधान उक्त क्षेत्रका दुईपटक निर्वाचित भइसकेका नेता हुन् । बानियाँ भने पार्टीको काठमाडौं जिल्ला सभापति हुन् ।

त्यसैगरी समानुपातिकतर्फ गोविन्द परियार र अम्बिका शर्मा सिफारिस भएका छन् । परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार हुन् भने शर्मा कुसल व्यवसायी हुन् ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन तर्फ प्रदेश ‘ख’ का लागि प्रत्यक्षतर्फ हरिहर अधिकारी, विष्णुभक्त तिमिल्सिना र राजकुमार डंगोलको नाम सिफारिस गरिएको छ । प्रदेश समानुपातिकमा श्यामकृष्ण खड्गी र सीता घिमिरेलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया